काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई लागू गर्ने प्रतिवद्धता जनाएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राइड सेयरिङलाई लागू गर्ने बताए ।
भट्टले प्रदेश सरकारले युवामाझ लोकप्रिय बन्दै गइरहेको राइड सेयरिङलाई लागू गर्ने साथै नियमन र व्यवस्थापन गरिने बताए ।
राइड सेयररिङको नियमावली स्थगित गर्नुपर्ने भन्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । प्रदेश सरकारले राइड सेयरिङ नियमावली २०८२ ल्याएपछि ४ दिन ठप्प बनेको यातायात सेवा नियममावली एक महिना कार्यान्वयनमा नल्याउने सहमति सँगै व्यवसायीले आजदेखि यातायात सुचारु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्