काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले विगत लामो समय देखि घाटाको बजेट प्रश्तुत हुँदै आएको उल्लेख गरे।
उनले अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट ल्याएको भनेपनि घाटाको अनुपात बढेको बताए।
मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुन नहुने भएपनि नेपाल ३० प्रतिशत घाटामा गइसकेको उनको जिकिर छ । कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा बजेट कटौति गरेकै कारण उत्पादन र रोजगारी सिर्जनामा वृद्धि गर्ने कुरा सम्भव नहुने उनकाे जिकिर छ ।
उत्पादक क्षेत्रको बजेट कटौति गरेर अनुपात्दक क्षेत्रमा बजेट खन्याएको भन्दै उहाँले अर्थमन्त्रीको आलोचना पनि गरे ।
प्रतिक्रिया दिनुहोस्