प्लाष्टिक प्रदुषण अन्त्य गर्ने चेतनामुलक चित्रकला प्रदर्शनी (फोटो फिचर)


काठमाडाैँ । विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौँमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

वातावरणीय चुनौतिहरू मध्येको प्लास्टिक प्रदुषणले पारेको असरमा चित्रहरू केन्द्रित छन् । विश्व ताममान वृद्धि हुँदै गर्दा हिमालमा परेका असरदेखि हिमाल आरोहीले प्रयोग गरेका प्लाष्टिकजन्य फोहरले हिमाल र उच्च हिमाली क्षेत्रमा पाइने याकमा परेको असरलाई चित्र मार्फत देखाइएको छ । 

प्रदर्शनीको मुख्य आकर्षक बनेको छ हिमालको याकको चित्रकला । खेर गएको काठको फ्रेममा याक सहित बनाइएको चित्रकलाले सबैको ध्यानाकर्षण गरेको छ । जहाँ हिमाली क्षेत्रमा हिमाल आरोहीले फालेका प्लाष्टिकले याक सहित हिमाली क्षेत्रमा पारेको असर देखाइएको थियो ।

त्यसैगरी मानव स्वास्थ्यमा प्लाष्टिकले पारेको प्रभाव, विश्व तापमान बढ्दै जाँदा हिमालहरूमा परेको असर लगायत प्रभाव झल्किने तस्बिरहरू पनि प्रर्दशनीमा राखिएको छ । फाेटाेः न्युज एजेन्सी नेपाल