छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः अध्यक्ष दाहाल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उनकाे भनाइ छ । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आए संसदको अवरोध हट्ने बताए । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको तर छानविन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिए ।

अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन सुरू भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताए ।