विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबिच सहकार्य जरुरी छः उपप्रमुख डंगोल


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्युनिकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन्

सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृक्तिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्युनिकरणका लागि स्थानीय सरकारको भुमिका समेत महत्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबिच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्युनिकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताइन् ।

सशस्त्र प्रहरी बल नेपाल का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताइन् । उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृतिम अभ्यासहरु सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिइन् । 

पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यामा समेत बाढी र डुबानका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिइन् ।