काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराए ।
लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् । शुक्रबारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले अवरोध नगर्ने बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरुको मुलभुत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरु केही समयका लागि विरोध गरेरै जानसक्ने बताए ।
उनले भने, “हस्ताक्षरको अन्तिम तयारी हुँदैछ । हस्ताक्षर हुन्छ, हाउस खुल्छ । रास्वपासँग हाम्रो मुलभुत विषयमा केही फरक छैन । तर उहाँहरुका केही अडानका कारणले केही समय उहाँहरु आफ्नो ढंगले जानुहुन्छ । तर हाम्रो विमति र आरोप, प्रत्यारोप हुँदैन ।”
अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरुको विमति र आरोप नहुने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्