काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गरे ।
दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको उनले आरोप लगाए ।
सांसद ज्वालाले कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गरे । साथै उनले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताए ।
बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको उनकाे आराेप छ ।
प्रतिक्रिया दिनुहोस्