काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरू अघि बढाउने कुरा स्भाविक भएको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरेका हुन् । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल भइरहने गरेको बताए । देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै कुनैपनि सरकारले नियन्त्रण गर्न नसकेको बताए ।
“संसदमा यस्ता खेल भइरहन्छन् । मलाई नयाँ नौलो लाग्दैन । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल त भइरहन्थे त । विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने । यसलाई मैले अस्वभाविक रुपले लिन्न । देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल नै छ । एउटा मात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन । विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्