बुधबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेर एक लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर २ हजार २२५ रुपैैयाँमा कारोबार भइरहेको छ ।