काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी.विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिको सर्जरी गर्दा कुनै अंग काट्न आवश्यक भएपनि काटेर अघि बढ्नुपर्ने सुझाव दिए।
उनले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताए ।
आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गदैै विच्छाले सबै नीतिहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले अबको पुस्ता धरै अध्यन गरेको र सीपयुक्त हुने भएकाले उनीहरुमा सरकारको अबको लगानी हुनुपर्ने बताउनु बताए ।
उनले भने , ‘हाम्रो माइग्रेसनको प्रोब्लम र कपल सेप्रेसनको प्रोब्लम छ । त्यसलाई हामीले पोलिसीमा रि थिंक गर्नुपर्छ । जब हामीले पोलिसी बनाउँछौँ । त्यो रि थिंक गर्ने बेला आइसकेको छ । अब हाम्रो पोलिसीलाई निर्मम ढंगले सर्जरी गरौँ । यदी कुनै अंग काट्नुपर्छ भने काटिदिऔँ । अब ढिला गर्न हुँदैन तर यसमा रि अर्गजनाइज, रि एनालाइज गरौँ । र पोलिसी डिपार्चर ल्याऔँ । हाम्रो अनम्यानेज्ट, अनप्लान सर्टअफ अर्गनाइजेशन भएको छ । माइग्रेसनमा इन्टरनल र एक्स्ट्रनल दुवै प्रोब्लम छ भने यहाँ हामी पोलिसी बनाइरहेका छौँ, हिमाल पहाडको लागि । ४ लेनको सडकको योजना छ, पु¥याएको पनि छ । त्यसलाई उपयोग गर्ने जनसंख्या पनि छैन ।’
पपुलेसन डायनामिकलाई बुझेर पोलिसी बनाएन भने हाम्रो लगानीको कुनै मतलव नहुने उल्लेख गर्दै उनले अब काम गर्ने जनशक्तिलाई पोलिसी डिपार्चर गरेर लगानी गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्