प्रधानमन्त्रीसहित प्रमुख तीनदलका शीर्ष नेताहरुको बैठक बस्दै


काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ ।,

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९राप्रपा०को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुुष्पकमल दाहाल सहभागी हुने सचिवालयको भनाई छ ।