काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताएका छन् ।
बिहीवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने भएकाले यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताए ।
उनले मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको बताए । उनकाअनुसार सरकारले दिएको रोजगारीमात्रै रोजगारी होइन । निजी क्षेत्रले समेत दिएको रोजगारी हो । सरकारले दिएको रोजगारीलाई मात्रै रोजगादी देख्ने भ्रमबाट मुक्त हुन जरुरी रहेको उनको भनाइ छ ।
उनकाअनुसार त्यसैकारण सरकार निजी क्षेत्रमैत्री नीति बनाएर अघि बढिरहेको छ । त्यही आधारमा अहिले हरेक क्षेत्रमा सरकारले कानूनहरु पनि नीजि क्षेत्र मैत्री बनाइएको छ । भण्डारीले राष्ट्रिय व्यवसायी तालिम प्रतिष्ठानको नेतृत्व स्थाई बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको उनको भनाइ छ ।
श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारलाई रोकेर नरोकिने बताउँदै स्वदेशमै धेरै भन्दा धेरै जनशक्तिलाई रोजगारी दिनका लागि सरकार तत्पर रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्