काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले संसदीय समितिबाट पारित भएको संघीय निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पारित हुनुपर्ने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सरकारले संघीय निजामति ऐन संसदको कार्यसूचिमा चढाएपनि अघि बढेन । बिहीवारको प्रतिनिधि सभा बैठकको कार्यसूचिमै नराखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहितका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।
संघीय निजामति ऐन संसदको समितिले एकमतले पारित गरेको विषयलाई कुनैपनि बहानामा रोक्न नहुने सांसद अधिकारीले बताए । सरकारले नै कानून बनाउने हो भने किन संसदीय समिति चाहियो ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्