काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला एक लाख ९५ हजार ५००ं रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर २ हजार १५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्