प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको सिंहदरबारमा बैठक सुरू


काठमाडाैँ । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी छन् ।

यस बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनी र संवैधानिक प्रक्रिया बारे छलफल हुने अपेक्षा गरिएको छ । साथै, आगामी दिनका राजनीतिक सहकार्य र रणनीतिबारे पनि छलफल गरिने छ ।