काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा चैत्र १५ गते तीनकुने घटनामा निधन भएका पत्रकार सुरेस रजकको परिवारलाई तीन लाख रुपैयाँ मानवीय सहयोग प्रदान गरेको छ।
स्वर्गीय रजकको परिवारलाई चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्वयं रजकको निवास पुगेर सहयोग प्रदान गरेका हुन्।
पार्टीले पत्रकार सुरेस रजकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनको क्रममा पत्रकारमाथि भएका घटनाप्रति चिन्ता जनाएको छ। साथै रास्वपाले पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी पक्ष जिम्मेवार हुनुपर्ने मागसमेत राखेको छ।
प्रतिक्रिया दिनुहोस्