अमेरिकासमेत इरानसँग प्रत्यक्ष युद्धमा होमियाे,इरानका आणविक क्षेत्रमा हवाइ आक्रमण


अमेरिका इरानसँगको प्रत्यक्ष युद्धमा होमिएको छ । इजरायल इरानयुद्ध दोस्रो हस्ता प्रवेश गरेसँग अमेरिकासमेत प्रत्यक्ष युद्धमा होमिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ अमेरिकाले इरानका तीन प्रमुख आणविक स्थलहरू—फोर्डो, नतांज, र इस्फहानमा सफल हवाई आक्रमण गरेको घोषणा गरेका छन् ।

यो आक्रमण अमेरिकी बि–२ बमवर्षक विमानद्वारा गरिएको थियो र सबै विमानहरू सुरक्षित रूपमा फर्किएको बताइएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

यो कारवाही इजरायल र इरानबीचको द्वन्द्वको दोस्रो सातामा प्रवेश गर्दा भएको हो ।

यो आक्रमणसँगै इरान युद्धमा अमेरिकाको प्रत्यक्ष सैन्य संलग्नता भएको सिएनएनले उल्लेख गरेको छ । आक्रमणपछि ट्रम्पले अमेरिकी सेनाको क्षमताको प्रशंसा गर्दै यो विश्वमै अन्य कुनै सेनाले गर्न नसक्ने कार्य भएको दाबी गरे ।

क्षतिको पूर्णविवरण भने आइसकेको छैन । इरानको फोर्डो परमाणु भट्टी ध्वस्त गर्ने क्षमता अमेरिकासँग मात्रै रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले आजै राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।