सिरियाद्वारा सार्वजनिक क्षेत्रका कामदारहरूको लागि दुई सय प्रतिशत तलब वृद्धि गर्ने कानून पारित


काठमाडाैँ । सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलब वृद्धि गर्ने कानून बनाएको छ ।

सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आइतवार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभुत तलव र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिएका हुन्। यो वृद्धि मन्त्रालय, राज्य प्रशासन, सार्वजनिक संस्था र सार्वजनिक क्षेत्र भित्रका कम्पनीहरूमा कामदारहरूमा लागू हुन्छ ।

यसमा प्रशासनिक एकाइहरू र संयुक्त–क्षेत्रका संस्थाहरू पनि समावेश छन् । जसमा राज्यको कम्तिमा ५० प्रतिशत हिस्सा छ । यो कदम अन्तरिम सरकारले सत्ता लिएपछि पहिलो ठूलो ज्याला वृद्धि हो । किनकि देश एक दशकभन्दा बढीको युद्ध, व्यापक मुद्रास्फीति र पूर्वाधार पतनको आर्थिक परिणामसँग जुधिरहेको छ ।