सुनचाँदी, रत्न आभूषण व्यवसायीहरूको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः वर्षमान पुन


नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गरेका छन् ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले अनौपचारिक रुपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । उनीहरूलाई करको दायरामा ल्याउनुपर्ने बताए । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो भएको बताए ।

नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गरे । अवैध कारोबार रोक्नको लागि करका दरहरूलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने बताए। करका दरलाई व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने बताए ।