काठमाडौँ । नेकपा (एमाले) संसदीय दलले आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकमा प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सम्पूर्ण सांसदलाई हिप जारी गरेको छ।
प्रतिनिधि सभाको असार १० गतेका लागि तय गरिएको बैठकमा बजेट विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेकाले, संसदीय दलले आफ्ना सदस्यलाई अनिवार्य उपस्थित भई समर्थनमा मतदान गर्न निर्देशन दिएको हो।
“नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन हिप जारी गरिएको छ,”एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बतौलाद्वारा जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्