काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराएकी हुन् । उनकाअनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरूको उद्धार गरिरहेको छ ।
उनले विदेश जाने वित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्