काठमाडाैँ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले पूर्वाधारको कमजोर अवस्थाका कारण अपेक्षित पर्यटक भित्र्याउन नसकेको बताएका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल टुरिजम बोर्डद्वारा आयोजित पर्यटक सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा कार्यकारी निर्देशक जोशीले पछिल्लोे समय मुल सडकबाहेक भित्री सडकहरुको अवस्थामा सुधार भइसकेको र आगामी दुई वर्ष भित्रमा मुख्य गन्तव्यहरु जोड्ने सडकपनि सम्पन्न हुने अवस्थामा रहेकोले पर्यटक आगमनको संख्यापनि राम्रो हुँदै जाने दाबी गरे ।
कार्यकारी निर्देशक जोशीले फ्रन्टलाइनमा भेटिने पर्यटक सवारी चालक र सहचालकको व्यवहारले नेपालको छवि संसारको सबैभन्दा राम्रो र सबैभन्दा राम्रा नेपाली भनेर चिनिएको स्पष्ट पारे ।
पूर्वाधारमा यतिधेरै कमजोरी भइरहँदा पनि आतिथ्यताले नेपालको बनेको छविलाई बचाउने काम गर्न उनले सरोकारवालालाई आग्रह गरेका छन् ।
उनले पर्यटक यातायातको गुणस्तरीयता, सफाईलगायत पर्यटकलाई दिइने आतिथ्यताले एकपटक आएका पर्यटक पटकपटक आउने गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्