काठमाडाैँ । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले बजेटसँग सम्बन्धित विधेयकहरू सदनबाट पास नभईकन अर्थ समितिमा छलफल हुनु विधिसम्मत नभएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद थापाले सुनचाँदीका गरगहना, ग्याविन वायर र आयुर्वेदिक औषधीमा मूल्य अभिवृद्धि कर (भ्याट)को विषयमा छलफल गर्नु अनुचित रहेको बताएका हुन् ।
करका दरहरू प्रस्तावित भइसकेको उल्लेख गर्दै सांसद थापाले आर्थिक विधेयकमा संशोधनहरू माथि छलफलको निर्धारित कार्यसूची रहेकाले अहिले छलफल गर्न उचित नरहुने बताए ।
उनले वस्तुहरुमाथि लगाइएको कर लगानीकर्ता र उत्पादकहरुले नभई उपभोक्ताले तिर्ने भएको कारण उत्पादक कम्पनीहरुसँग छलफल गर्नुको सार्थकता नरहेको उल्लेख गरे ।
समिति बैठकमा बुधवार आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि कर तथा आर्थिक विधेयकले प्रश्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्