राजश्व विभागको स्पष्टोक्तिः आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन गरिएको छैन


काठमाडाैँ । आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिको करको दरमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेका छन् । 

बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा महानिर्देशक दाहालले आयुर्वेदिक औषधिमा नयाँ कर लगाइएको नभई अघिल्लो वर्षहरुदेखि लाग्दै आएको कर दरलाई मात्र निरन्तरता दिइएको बताएका हुन् ।

उनले स्थानीय उत्पादनको प्रवद्र्धन र संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अत्यावश्यक वस्तुमा कर छुट दिने नीति लिएको समेत बताए ।

अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै रहेको उनकाे भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्ने हिसावले छुर्पी, रुद्राक्ष लगायतमा लाग्ने करसमेत खारेज गरेको उनले उल्लेख गरे ।

 अगामी आर्थिक वर्षको लागि बजेट निर्माणका क्रममा करका सम्बन्धमा सरकारको घोषित नीतिभन्दा बाहिर नगएको उनले जिकिर गरे ।