सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यमाथि सात ओटा उजुरी


काठमाडाैँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रस्तावित सदस्यहरूमाथि ७ वटा उजुरी परेका छन् । 

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो ।

बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चच अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिएको जानकारी दिइन् ।

सातै जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताइन्। त्यस्तै १५ गतेको समितिको बैठकमा प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूचि रहेको बताइन् ।

न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् । अन्य दुुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशउपर परेका हुन् । प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सनस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरूलाई वितरण समेत गरिएको छ ।