प्रधानमन्त्री ओलीद्वारा मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण


काठमाडाैँ । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरिएको छ । 

शनिवार काठमाडौंको नागार्जुन नगरपालिका ७ मा अधिकारीको शालिक र मनमोहन पार्कको उद्घाटन गरिएको हो ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको अर्धकदको शालिक अनावरण गरे । प्रधानमन्त्री ओलीले अधिकारीको शालिक अनावरण गर्दै उहाँको शालिकमा माल्यार्पण समेत गरे ।