लुम्बिनीमा बजेटप्रति कांग्रेसको असन्तुष्टि : संसोधनसहित पारितका लागि पहल गर्न संसदीय दललाई निर्देशन



लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले बजटेप्रति असहमति जनाउँदै संसोधनसहित पारितका लागि पहल गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

प्रदेश कार्य समिति बैठकले बजेट दीर्घकालीन रुपमा प्रदेशको हितमा नरहेको ठहर गर्दै संसोधन सहित पारितका लागि पहल गर्न निर्देशन दिएको हो ।

कार्य समिति बैठकले बजेट निर्माण पूर्वसुझाव सङ्कलनका लागि बोलाईएको बैठकमा सहभागितहरूले व्यक्त गरेको भावना विपरीत लुम्बिनी प्रदेश सरकारले आएको ठहर गरेको छ ।

कांग्रेसले भनेको छ,“प्रदेश सरकारले ल्याएको आ.व. २०८२/८३ को बजेटले प्रदेशप्रतिको जनआस्थामा चोट पुर्‍याउनको,दीगो विकासको अवधारणा र सन्तुलित विकासमा ध्यान दिन नसकेको,मापदण्ड पालना नगरी व्यक्ति केन्द्रीत योना गरेको पाइयो ।”

बजेटमा असन्तुष्टि जनाएको प्रदेश कार्यसमितिले संसदीय दलका नेता तथा पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई आम जनता र नेपाली कांग्रेस पार्टीप्रति उत्तरदायी बनि पार्टीको परामर्शमा रहेर अनुशासित,मर्यादित एवम् सुयोग्य तवरले काम गर्ने समेत निर्देशन दिएको छ ।