नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य बनिरहेको छः पूर्वसचिव थापा


काठमाडौं । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अहिले पनि धेरै विदेशी एयरलाइन्सहरुले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको बताए ।

विदेशी एयरलाइन्सहरुले उडानको संख्या बढाउने सन्दर्भमा नेपालले उनीहरुलाई अझै सहुलियतहरुको व्यवस्था गरी थप उडानका लागि प्रोत्साहित गर्नुपर्ने बताए । उनले नेपालको सिभिल एभिएशनको बजार छिमेकी देशहरु नै रहेको बताउँदै युरोपमा ब्ल्याक लिस्टमा परेर कुनै असर नहुने उल्लेख गरे।

“अहिले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भएकाले विदेशी एयरलाइन्सहरु नेपालमा उडान भर्न चाहन्छन्,” उनले भने, “नेपालको एभिएशनको मार्केट एशिया प्यासिफिक क्षेत्रमा नै भएकाले नेपाली एयरलाइन्सहरुलाई यो क्षेत्रमा अपरेट गर्न कुनै रोकतोक छैन । हाम्रो धेरै मार्केट भनेको ६ देखि सात घण्टाको डिस्टेन्समा छ ।”