११ महिनामा लघु जीवन बिमकको व्यवसाय १ अर्बभन्दा माथि, गार्डियन माइक्रो लाइफ अग्रस्थानमा


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिना (साउनदेखि जेठ) सम्म लघु जीवन बिमकले १ अर्बभन्दा बढी रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले ११ महिनामा १६ लाख ६२ हजार ३२६ ओटा बिमालेख जारी गरेर १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी धेरै गार्डियन माइक्रो लाइफ रहेको छ। उक्त कम्पनीले ११ लाख २० हजार ६८५ बिमा लेख जारी गर्दै ४१ करोड ३६ लाख ९३ हजार रुपैयाँको कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ३ लाख ९४ हजार ४०१ वटा बिमालेख जारी गर्दै ३९ करोड ९४ लाख ९८ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ भने लिबर्टी माइक्रो लाइफले १ लाख ४७ हजार २४० ओटा बिमालेख जारी गरि २८ करोड ५० लाख ६३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कले जनाएको छ ।