निजामती ऐनमा ‘बाहेक’ शब्द थपिएपछि राज्य व्यवस्था समितिका सभापतिसहित सदस्यसँग छपलफल गर्दै सभामुख


काठमाडौं । संघीय निजामती ऐनमा ‘बाहेक’ शब्द थपिएपछि सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवसँग छलफल गरिरहेका छन् ।

सभामुख घिमिरेले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरासहित सदस्यहरूलाई बोलाएर यस विषयमा सोधपुछ गरिरहेको स्रोतले जनाएको छ ।

विधेयकमा कर्मचारी र केही स्वार्थ समूहको दबाबमा चोरबाटोबाट हेरफेर गरिएको चर्चा छ । यसमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाप्रति धेरैले आशंका गरेका छन्।

जेठ २ गते समितिबाट पारित भएको कुलिङ अफसम्बन्धी प्रावधानमा समितिका अन्य सदस्यलाई थाहा नदिई ‘बाहेक’ शब्द घुसाइएको आरोप लागेपछि सभामुखले छलफलको लागि बोलाएका हुन् ।

पछिल्लो समय सर्वाधिक बहस भएको विषय कुलिङ अफ पिरियड थियो। निजामती सेवाबाट अवकाश पाएको कम्तीमा २ वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने व्यवस्थाप्रति उच्च प्रशासकहरू असन्तुष्ट थिए। उक्त व्यवस्था हटाउन मुख्यसचिवदेखि सचिवहरू नै चलखेलमा लागेका थिए।