कुलिङ पिरियडमा समिति सभापति र सचिवले अपराध गर्नुभयोः सांसद श्रेष्ठ


काठमाडाैँ । नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले कुलिङ पिरियडमा समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले अपराध गर्नुभएको आरोप लगाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले विधेयकमा सभापति र सचिवको हस्ताक्षर रहेकाले हस्ताक्षर गर्नेले थाहा पाइन भन्ने नमिल्ने तर्क गरे ।

उनले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई हेरेर बेलैमा विचार पुर्‍याउन सुझाव दिए । उनले समिति सभापतिले नजानेर, नबुझेर नभइ जानाजान हस्ताक्षर गर्नुभएको आरोप लगाए ।

उनले भने, “विधेयकमा अहिलेसम्म हेर्दा त सभापतिज्युको र दुराजीको हस्ताक्षर छ त । तपाईंहरू दुई जनाको हस्ताक्षर भएपछि मैले थाहै पाइन भन्न पाइन्छ ? हामी कानून मन्त्रालय पनि देख्दैनैँ । सामान्य प्रशासन मन्त्रालय पनि देख्दैनौँ । हामीले विश्वास गरेको समितिको सभापतिज्युले नै त्यो विधेयकमा मैले चाल नै नपाइकन दुराजीले ल्याइदिनुभयो, मैले सुरक्क साइन गरेँ भनेर पाइन्छ ?,” उनले भने । श्रेष्ठले राज्य व्यवस्था समितिमा सचिवको रुपमा मान्न नसकिने बताए ।