इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता


काठमाडौं । इण्डोनेसियाको बाली स्ट्रेटमा यात्रुवाहक जहाज डुब्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा २४ जना अझै बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले बताए ।

३५ जनाको उद्धार गरिएको बालीस्थित खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताए। रात परेका कारण बिहीवार साँझ खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो ।

सबै पीडितहरूलाई बालीको जेम्ब्राना रिजेन्सीको अस्पतालमा लगिएको र उद्धारकार्य शुक्रबार पुनः सुरु हुने विजयन्तीले बताए ।