एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने


काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (इभी) को प्रयोग विस्तार भइरहेका बेला, एमएडब्लू वृद्धिले इभी प्रयोगकर्तालाई अझ सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँको बालकुमारी र बसुन्धरामा अत्याधुनिक इभी सर्भिस सेन्टर स्थापना गर्ने भएको छ।

कम्पनीका अनुसार यी नयाँ सर्भिस सेन्टरहरू रणनीतिक रूपमा सहरका प्रमुख स्थानहरूमा स्थापना गरिनेछन्, जसले ग्राहकलाई छिटो, दक्ष र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेका छन्।

उक्त सर्भिस सेन्टरहरू विशेषगरी डीपल, डोंगफेंग र सेरेस ब्रान्डका इभीहरूका लागि समर्पित हुनेछन्। प्रत्येक सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन्, जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक मर्मत तथा जाँच गर्न सक्ने क्षमता राखे कम्पनीले जनाएकाे छ ।

यी सर्भिस सेन्टरहरू एमएडब्लू वृद्धिका दोस्रो र तेस्रो ईभी डेडीकेटेड वर्कशप हुनेछन्। यससँगै कम्पनीको इभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ।

ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा प्रतिबद्धतालाई सशक्त बनाउने उद्देश्यसहित आफ्टर सेल्स सर्भिसमा निरन्तर सुधार गर्दै आएको एमएडब्लू वृद्धिले नयाँ सर्भिस सेन्टरमार्फत नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क कायम गर्ने विश्वास लिएको छ।

कम्पनीले यी केन्द्रहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा राखेको छ।