काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको संघीय निजामति सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भएपनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको बताएका हुन् ।
उनले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशंका थपिएको बताए ।उनले विधेयकको प्रतिवेदन वितरण नगर्नुको कारण के हो ? भन्दै प्रश्न समेत गरे ।
उनले विधेयकको प्रतिवेदन वितरण नगरिनुले गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्