काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपिबहादुर अछामीले मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले किसानहरू अहिले धान रोपाइँमा व्यस्त रहे पनि मल नपाएको गुनासो देशभरबाट आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले निजामति विधेयकमा पनि सबैको चासो रहेकोले राष्ट्रिय सभाले बद्मासी गर्न नहुने टिप्पणी गरे।
“संघीय निजामति विधेयक प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा आइसकेको छ । त्यस विधेयकलाई कुलिङ पिरियड भन्दा राम्रो होला । अहिले त्यसकै चर्चा पनि छ । अझैपनि बद्मासी त्यसमा कतै हुँदै छ कि के हो ? भन्ने प्रश्न जन्मिएको छ । किसानहरु अहिले धान रोपिरहेका छन् । तरर मल पाइराखेका छैनन् भन्ने जताततैबाट कम्पलेनहरू आइरहेको छ,” उनले भने ।
संघीय निजामति विधेयकमा कुलिङ पिरियडबारे व्यवस्थामा भएको हेरफेर सुधार गरी पास गर्नुपर्ने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्