काठमाडौँ । देशकै प्रमुख व्यापारिक केन्द्र मानिने असन बजारको प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंह मूर्ति शनिबार एक समारोहका बिच उद्घाटन गरिएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरपालिका वडा नम्बर २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्वारमा राखिएको सिंह मूर्तिको औपचारिक उद्घाटन गरेका हुन् ।
उक्त सिंह मूर्तिको निर्माण लागत सात लाख रुपैयाँ रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए । उनका अनुसार मूर्तिको डिजाइन र निर्माण कार्य सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई ध्यानमा राखेर गरिएको हो।
प्रतिक्रिया दिनुहोस्