बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्छः सभापति चालिसे


काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसे नेपाल राष्ट्र बैंकले बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले बजार सुस्ताउनु खतरनाक पक्ष भएको बताए।

आगामी मौद्रिक नीतिले चलायमान बनाउनुपर्ने भन्दै सभापति चालिसेले अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्ने बताए।

सभापति चालिसेले भने– ‘अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्छ । बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याओस् । हिजो ऋण लिएकाहरु अहिले किन सुस्ताए । सबै बैंकमा आउन किन डराए । यसबारे अध्ययन हुनुपर्छ । मौद्रिक नीतिले समेत सम्बोधन गर्नुपर्छ ।’

२०७२ सालको भूकम्पका बेला बैंकहरुले छुट दिने काम नदिँदा, घरजग्गा बैंकमा अड्किँदा मान्छेहरु ऋण लिन जान नसकेको चालिसेको भनाई छ ।