काठमाडौँ । असार महिनाको अन्त्यतिर आइपुग्दा पनि देशभर पर्याप्त मात्रामा धान रोपाइँ हुन सकेकाे छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार २२ गतेसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ४१.९ प्रतिशतमा मात्र धान रोपिएको छ। गत वर्ष सोही मितिसम्म ४३.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो।
धान रोपाइँको गति क्षेत्रअनुसार फरक देखिएको छ। सुदूरपश्चिम प्रदेशमा सर्वाधिक ८२.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। यहाँ कुल १ लाख ७६ हजार १५१ हेक्टर क्षेत्रफलमध्ये १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ भइसकेको छ।
कर्णाली प्रदेशमा ७१.७ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, बाग्मतीमा ५१.९ प्रतिशत, कोशीमा २९.५ प्रतिशत मात्र रोपाइँ भएको छ। सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा देखिएको छ । जहाँ कुल क्षेत्रफलको १३.६ प्रतिशत अर्थात् ५१ हजार २५० हेक्टरमा मात्र रोपाइँ सकिएको छ।
कुल रूपमा मुलुकभर १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रफलमध्ये अहिले सम्म ५ लाख ८० हजार ८८६ हेक्टरमा धान रोपिएको छ।
प्रतिक्रिया दिनुहोस्