स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको प्रधानमन्त्रीको दाबी


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धीबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

सम्मेलनमा आफ्नो सहभागिले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा संयुक्त राष्ट्र सँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको उनको भनाइ छ ।

उनले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताए । उनले  भ्रमणबाट वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए ।

प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराए ।


उहाँले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यवद्धतामा लगानी सम्मेलनमा सहभागि र सम्बोधन गरेको पनि जानकारी गराउनु भयो । —न्युज एजेन्सी नेपाल