काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ओटा विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले सोमबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयक प्रमाणीकरण गरिएको जानकारी दिएको हो ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गरिएको विधेयक’, ‘नेपाल सरकारको आर्थिक प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार ती विधेयकहरू संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएकोमा राष्ट्रपति पौडेलले संवैधानिक प्रक्रिया अनुरूप प्रमाणीकरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्