टेलिग्राम एप तत्काल बन्द गर्न प्राधिकरणको निर्देशन


काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले टेलिग्राममार्फत अनलाइन फ्रडको सङ्ख्या निरन्तर बढीरहेको र मनि लाउन्डरिङ जस्ता गम्भीर अवराधमा संलग्ना रहेको भन्दै दुर सञ्चार सेवा प्रदायकलाई बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन भनेको छ ।