प्रो होण्डा जेनुईन ईन्जिन आयल नेपालमा


काठमाडौँ । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार टे«डि¨ कम्पनी (प्रा) लि.ले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ग्लोबल होण्डा ब्राण्डको रुपमा भिœयाएर बिक्री वितरण शुरुवात गरेको छ ।

यो ईन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुईन ईन्जिन आयल सुबिधा पु¥याउनु भएको उल्लेख गरेको छ ।

कम्पनीका अनुसार प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ ।

स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ । इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

प्रो होण्डा आयल विभिन्न भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन् ।

“प्रो होण्डा आयल” ले नेपाली बजारमा सवारी साधनको ईन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको बिश्वास जित्ने अपेक्षा गरिएको छ ।