विहीबार ४.४८ अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४.४८ अंकले बढेर २९८३.३६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७७ करोड २१ लाख ४५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन ग्रीन भेन्चर, टे«ड टावर, सान्भी इनर्जी लिमिटेड र स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५।३२ प्रतिशतले घटेको छ ।

कुल ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।