आइएमई मोटर्सलाई अशोक लेल्यान्डको ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’


काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘इन्टरनेशनल अपरेसन क्याटेगोरी’ अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।

आइएमई मोटर्स र भारतीय कमर्सियल भेहिकल निर्माता कम्पनी अशोक लेल्यान्डबिचको सफल साझेदारीको एक दशक पूरा हुँदै गर्दा प्राप्त यो अवार्डले दुई कम्पनीबिचको सहकार्यलाई थप मजबुत बनाएको बताइएको छ।

उक्त पुरस्कारले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको, प्राविधिक दक्षता बढाउँदै लगेको र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न आइएमई मोटर्सले पुर्याएको योगदानको उच्च मूल्यांकन गरिएको जनाइएको छ।

सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले अवार्डप्रति प्रतिक्रिया दिँदै भने, “यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल हो। हामी भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।”

त्यस्तै, कार्यकारी निर्देशक निशान ढकालले अवार्डले कम्पनीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्ने संकल्पमा अझ ऊर्जा थपेको बताए। “यो सम्मानले हाम्रो सुधार प्रयासलाई थप गतिशील बनाएको छ,” उनले भने।

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले पनि यो सम्मानले साझेदारीको १० वर्षे यात्रालाई ऐतिहासिक बनाएको उल्लेख गरे। उनले भने, “यो अवार्डले हामीले प्रदान गर्दै आएको उत्कृष्ट ग्राहक अनुभव र सहकार्यको कउष्चष्त झल्काउँछ।”

प्रत्येक वर्ष आयोजना हुने अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्समा नवप्रवर्तन, सञ्चालन दक्षता र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।