काठमाडौँमा सुरू भयो हिमालयन आर्ट्स फेस्टिभल २०२५


काठमाडाैँ । हिमालयन आर्ट्स फेस्टिभल,२०२५ काठमाडौँमा सुरू भएको छ ।

एक कार्यक्रमबिच हिमालयन आर्ट्स फेस्टिभल,२०२५ सुरू भएको हो । प्रदर्शनी काठमाडौँको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल)मा सुरू भएको छ ।

प्रदर्शनीमा १२२ जना कलाकारहरूका कलाकृतिहरू रहेका इ.आर्ट्स नेपालको फाउण्डर सुजन श्रेष्ठले बताए ।उनकाअनुसार अगस्ट ९ देखि सुरू भएको प्रदर्शनी १४ तारिकसम्म सञ्चालन हुनेछ । 

उनले प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताए । प्रदर्शनी एक किसिमको उद्यमशिलता प्रोत्साहनको रूपमा सञ्चालन गरिएको बताए ।