देशका पहाडी भूभागका धेरै ठाउँमा वर्षा हुने


काठमाडौँ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।