स्याङ्जामा सुनका गरगहना चोरी भएको झुटो सूचना दिने व्यक्तिलाई कारबाही


स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नम्बर १ का चारघरे बस्ने देवी कुमारी गुरूङको घरबाट सुनका गरगहना चोरी भएको भनी दिइएको झूटो सूचनाप्रति प्रहरीले कारबाही सुरू गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा हराएको भनिएको चार थान सुनमा तीन थान फेला परेको प्रहरीले जनाएको छ। अन्य सम्बन्धित विषयमा पनि आवश्यक अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आम नागरिकसँग आफ्नो सम्पत्ति चोरी भएको भनी झूटो उजुरी नगर्न आग्रह गरेको छ ।