काठमाडाैँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरू भएको १७ औँ संस्करणको ‘नाडा अटो साे २०२५’ मा यसपटक भिन्टेज गाडीहरू मुख्य आकर्षण बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्रदर्शनीमा आधुनिक सवारी साधनसँगै दशकौँअघिका दुर्लभ कारहरू पनि राखिएका छन्, जसले दर्शकको ध्यान तानेका छन् ।
नाडा अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा पुराना भिन्टेज कारहरू प्रदर्शनमा राखिएका छन् । यी कारहरूले अटोप्रेमीलाई विगतको स्मरण दिलाउँदै प्रदर्शनीलाई ऐतिहासिक बनाएका छन् ।
यस वर्षको अटो साेमा १२५ भन्दा बढी प्रदर्शक सहभागी भएका छन् । ३० भन्दा बढी ब्रान्डका इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी सोलुसनसहितका सवारी साधन प्रदर्शनमा छन् ।
सोहीसँगै १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे ब्रान्ड र ३५ कम्पनीका अटो पार्ट्स तथा सहायक सेवाहरू प्रदर्शित भएका छन् ।











प्रतिक्रिया दिनुहोस्