काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रुटहरूबारे छलफल हुने बताएका छन् ।
शुक्रवारको राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उनले उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रुटका विषयमा छलफल हुने बताएका हुन् । यस विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट हुने गरी वार्ता गर्ने उनको भनाइ छ ।
भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल दुवै विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रीपरिषद्ले एउटा कार्ययोजना पास गरेको बताए । विमानस्थललाई चलायमान बनाउन त्यहीँ भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन लगायत आवश्यक सबै कुरारुरु उपलब्ध गराउने गरी सरकार अघि बढिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्