काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो साे २०२५ ले यसपटक ऐतिहासिक सफलता हासिल गरेको छ। केबल चार दिनमै १ लाख ४ हजार ३ सय ४७ जनाले प्रदर्शनी अवलोकन गरेका छन्। यो तथ्याङ्कले नेपाली जनता नयाँ प्रविधि र अटोमोबाइल नवप्रवर्तनप्रति गहिरो चासो राखेको प्रमाणित गरेको नाडाले जनाएको छ।
यस अटो साे मा मुलुकका शीर्ष राजनीतिक, सरकारी तथा व्यावसायिक व्यक्तित्वहरूले समेत सहभागिता जनाएका छन्। अवलोकन गर्ने प्रमुख विशिष्ट व्यक्तिहरूमध्ये प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, सांसद योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा रहेकाे नाडाले जनाएकाे छ।
त्यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलगायतले पनि प्रदर्शनी अवलोकन गरेका छन्।
व्यावसायिक क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बैंकर्स एसोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेप्लिज यङ इन्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे तथा महिला फुटबलकी कप्तान सवित्रा भण्डारीले समेत अटो साे अवलोकन गरेका छन्।
यसैगरी, भारतस्थित सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुली र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ताको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि नाडा अटो साे २०२५ मा सहभागिता जनाएका छन्। बाँकी दुई दिनमा अन्य प्रतिष्ठित व्यक्तिहरूको समेत अवलोकन हुने अपेक्षा आयोजकले व्यक्त गरेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चाैधरीले यस उपलब्धिलाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन सहयोग गर्ने महत्वपूर्ण आधारको रूपमा लिएको बताए।
उनले प्रदर्शनी सफल बनाउन योगदान पुर्याएका प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी तथा अवलोकनकर्ताप्रति आभार व्यक्त गर्दै नाडा अटो साे अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमणशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्